काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले वृद्धि भएको हो।
महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ। आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन भने सुनको मूल्य एकैदिन ८ हजार ३०० रुपैयाँले घटेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ। आइतबार ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर प्रतितोला ३ हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।