काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ थियो।त्यस्तै, सुनको मूल्य १० ग्रामको २ लाख ३३ हजार १९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा झरेको छ।आज चाँदीको मूल्य १० ग्रामको ३ हजार १३० रुपैयाँ कायम भएको छ।