काठमाडौं ।नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको भाउ प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो।महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार यसको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ थियो।यसैगरी चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँ रहेको चाँदी शुक्रबार १०५ रुपैयाँले सस्तिएर ३ हजार ८२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
शुक्रबारको कारोबारअनुसार १० ग्राम सुनको मूल्य २ लाख ४० हजार ३१० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार २८० रुपैयाँ निर्धारण गरिएको छ।