काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदी सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरअनुसार सुन प्रतितोला ३०० रुपैयाँले महँगिएको हो।महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।सुनको मूल्य बढ्दा चाँदीको भाउ भने घटेको छ। बुधबार प्रतितोला ३ हजार ९८० रुपैयाँ रहेको चाँदी बिहीबार ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघको विवरणअनुसार बिहीबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४३ हजार ५५ रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ३६९ रुपैयाँ निर्धारण गरिएको छ।यससँगै बिहीबारको बजारमा सुन महँगिएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।