चितवन । नारायणगढस्थित लायन्सचोकमा `केआईइसी चितवन´कन्सलटेन्सी संचालनमा आएको छ ।
उच्च शिक्षाका लागि विदेश अध्ययन जान लक्ष्य बोकेका विद्यार्थीहरुलाई लक्षित गरी नयाँ व्यवस्थापनका साथ केआइइसी चितवन संचालनमा आएको हो । शैक्षिक क्षेत्र र अन्य व्यवसायमा लामो समय बिताएका निर्देशक अच्युतराज भट्ट र प्रमुख कार्यकारी राजेन्द्र रिजालको नेतृत्वमा केआइइसी चितवन संचालनमा आएको छ ।
यसले अमेरिका अष्ट्रेलिया, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, कोरिया, क्यानडा र बेलायतलगायत देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिनेछ ।निर्देशक भट्टले उद्घाटनका अवसरमा विभिन्न छुट प्याकेज घोषणा गरिएको बताए । उनका अनुसार उद्घाटनका अवसरमा सबै खाले कोर्षमा ५० प्रतिशत छुट घोषणा गरिएको छ ।
उनले विद्यार्थीहरुलाइ सही परामर्श दिएर सही तरिकाले प्रोसिङको काम गरेर संस्था अगाडि बढाइने बताए ।