काठमाडौँ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रवितिध समितिअन्तर्गत गठित उपसमितिले पेस गरेको प्रतिवेदनमा नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ ।
महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले उक्त प्रतिवेदन अहिले दर्ता भएको विधेयकभन्दा पनि अनुदार एवं शिक्षक-कर्मचारीविरोधि रहेको उल्लेख गरेका छन् । ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिले आइतबार पेस गरेको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयकभन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको देखियो,’सुवेदीले फेसबुकमा लेखेका छन् ।
उक्त प्रतिवेदन शिक्षक महासंघ र सरकारबीच भएको सहमतिअनुसार नरहेको पनि उल्लेख गरेका छन् । शिक्षकहरूलाई पनि उक्त प्रतिवेदनले न्याय गर्न नसकेको सुवेदीको भनाइ छ । उनले वि.सं. २०७५, २०७८ र २०८० मा भएका सबै सहमतिलाई लत्याएर भरखरै भएको २०८१/८२ को आन्दोलनलाई पनि विर्सिएकोले अब झन् दह्रो लडाईं लड्नुको अर्को कुनै विकल्प नरहेको बताएका छन् ।