काठमाडौं । नेपाल शिक्षक महासंघले विगतमा भएको सहमति अनुसार अग्रगामी शिक्षा ऐन निर्माणमा षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेको छ । महासंघले विज्ञप्ति जारी गरेर सहमति अनुसार ऐन बनाउन ध्यानाकर्षण गराएको छ ।
‘विगतका सहमतीको अवस्था के छ ? कतै आम शिक्षक कर्मचारीको भावना र विगतका सहमति माथि षडयन्त्र त हुँदैछैन रु भन्ने जस्ता सन्देह पैदा भइरहेका छन् । यो अवस्थालाई मध्यनजर गरी हामी विगतका सबै सहमति सम्बोधन गर्ने खालको अग्रगामी ऐन निर्माण हुने र तोकिएको समय तालिकामा काम सम्पन्न भई जारी हुने पक्षमा निरन्तर खबरदारी गरीरहेका छौं’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालकक्षा, अस्थायीरकरार, विशेष शिक्षा, प्राविधिक धार, संस्थागत विद्यालय लगायतका सबै खाले शिक्षक र विद्यालय कर्मचारीलाई गोलबन्द भएर सक्रिय रहन महासंघले अपिल गरेको छ।गत चैत २० देखि २९ दिनसम्म महासंघले काठमाडौमा आन्दोलन गरेको थियो ।


