काठमाडौँ । सरकार र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा भएको सहमतिमा हस्ताक्षर भने भइसकेको छैन ।
वार्ता सकेर मन्त्रीहरु क्याबिनेट बैठक बस्न हिँडेका छन् । मन्त्रिपरिषद बैठकले शिक्षकहरुका केही माग सम्वोधन गरेपछि सम्झौता हुने र औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताइएको छ । यता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँगको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।