काठमाडौं– शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका चार जनामा कोरोना भाइरसनरहेको पुष्टि भएको छ।
राष्ट्रिय जस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोभिड–१९ को संक्रमण नदेखिएको हो। अस्पतालका डा.अनुप बास्तोलाका अनुसार कोरिया बाट आएका तिन नेपाली र चीनबाट आएका एक चिनियाँको घाँटीको या्ल परीक्षण गरिएको थियो।
उनीहरुमध्ये एक जनामा मौसमी रुघाखोकी देखीएको उनले बताए। यस्तै मंगलबार दिउँसो कतार बाट फर्केका ५४ बर्षीया एक नेपालीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलको हेल्थ डेस्कबाट टेकु अस्पतालको आइसोलेसन वार्डमा ल्याएर भर्ना गरिएको छ।
हाल वार्डमा दक्षिण कोरियाबाट आएका नेपालीसमेत गरी दुईजना छन्।कारियाबाट आएका व्यति स्वास्थ रहेको र उनको परीक्षण प्रतिवेदन बुधबारसम्म आउँन सक्ने बाँस्तोलाले बताए। क्तारबाट आएका नेपालीको समेत नमुना परीक्षण गर्न पठाइनेछ। (कान्तिपुर संवाददाता)