काठमाडौं– किमोथेरापी भनेको विशेष प्रकारको औषधिद्वारा क्यान्सरको उपचार गर्ने प्रकृया हो। यसमा प्रयोग हुने औषधीहरुलाई किमोथेरापीका औषधी भन्दछन्। तनावयुक्त जीवन जिउने तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा क्यान्सरको खतरा रहन्छ।
क्यान्सरका २७ प्रतिशत बिरामी उपचारको क्रममा हुने किमोथेरापीका कारण मर्ने गरेका छन्। यसको नयाँ उपचार जसलाई इम्यूनो थेरापी भनिन्छ। यसका कारण बारम्बार इन्फेक्सन हुनु, कमजोर हुनु, वजन कम हुनु, हड्डिहरु कमजोर हुनु, कपाल झर्नु, किड्नी र लिभर विग्रनु समस्याहरु उत्पन्न हुन्छन्।
क्यान्सरको प्रकार, त्यसको मात्रा, वजन, उमेर, अन्य रोग आदि सबैलाई ध्यानमा राखेर किमोथेरापी दिनु अवाश्यक छ। बिरामीले धेरै समस्या खेप्नुपर्छ। खाने क्रममा पनि हैरानी बेहोर्नुपर्ने हुन्छ। भोक नलाग्ने, मुखमा बिमिरा आउने, पोलेको महसुस हुने, खानाको स्वाद नै बदलिए जस्तो लाग्ने, गन्ध आउने लगायत हुन्छ।
बिरामीले पालना गर्नुपर्ने आवश्यक कुरा
१. दैनिक ७ र ८ पटक थोरै–थोरै भोजन गर्ने।
२. बढी समय पकाएर खानालाई नरम बनाएर खाने।
३. पकाउने भाडा स्वच्छ हुनुपर्छ।
४. दैनिक २ र ३ लिटर तरल पदार्थ सेवन गर्नुपर्छ। उमालेको पेय पिउनु उत्तम हुन्छ।
५. पिरो र मसलेदार खानेकुरा नखाने।
६. होटल, क्यान्टिन वा सडकमा बनाइएको खानेकुरा नखाने।
७. अमिलो दही र प्याकेटमा बन्द स्न्याक्स नखाने।
८. गन्ध र स्वाद प्रयोग गरिएका खानेकुरा नखाने।
९. बाक्लो बोक्रा भएको फलफुल केरा, अनार खाने।
१०. बिरामी भेट्न आउनेले सरसफाइमा ध्यान दिने।