एजेन्सी – विशेष कारणबस कहिले काहीँ महिनावारी पछाडि सार्ने औषधिको प्रयोग गर्ने गरिन्छ। औषधिको प्रयोग गरेर विभिन्न कामका लागि महिनावारी सार्दा स्वास्थ्यमा गम्भीर असर पर्ने डाक्टरहरु बताउँछन्। महिनावारी सार्न प्रयोग गरिने औषधिले स्वास्थ्यलाई कस्तो असर गर्दछ ?
रक्तनलीमा रगत जम्ने खतरा– महिनावारी सार्न खाने औषधिले रक्तनलीमा रगत जम्ने खतरा हुनसक्छ। यसरी रक्तनलीमा रगत जमेर मुटु र मस्तिष्कसम्म पुग्ने पनि खतरा पैदा हुनसक्छ।
पखाला लाग्ने तथा पेटको दुखाई– औषधिको प्रयोगले पखाला लाग्ने तथा पेटमा दुखाइ हुने गर्छ। त्यति मात्र होइन योनी रक्तश्राव पनि हुनसक्छ।
महिनावारी चक्र प्रभावित गर्छ– यदि तपाईले धेरैपटक महिनावारी सार्नको लागि औषधिको प्रयोग गर्नुभएको छ भने, यसलाई समयमै रोक्नुपर्छ। यसले महिनावारी चक्र अनियमित गराउँछ, भने प्रजनन सम्बन्धी विभिन्न समस्याहरु पैदा गर्छ। त्यस्ता औषधिको सेवनले गर्भधानमा समेत समस्या आउन सक्छ। साथै बाँझोपनको समस्या पनि निम्त्याउँछ।
धेरै रगत बग्नु– २० प्रतिशतभन्दा बढी महिलाहरुमा यो औषधिको सेवनपछि धेरै रगत बग्ने गर्छ। धेरै रगत बग्दा शरीरमा रगतको कमि भई रक्तअल्पताजस्ता रोगहरु लाग्न सक्छ।