एजेन्सी– दुधलाई जुनसुकै समयमा पनि पिउन सकिन्छ। तर राति सुत्नुभन्दा अगाडि दुध पिउनु स्वास्थ्यको लागि रामबाण नै हो। रातिको सयममा दुध पिउँदा यसमा पाइने सबै तत्वहरु शरीरले सजिल्यै ग्रहण गर्न सक्छ। डाक्टरहरु पनि रातिमा दुध पिउनु अति उत्तम रहेको बताउँछन्।
राति सुत्नुअघि दुध पिउँदा के के फाइदा हुन्छ त ?
मिठो निन्द्राको लागिः
राति सुत्नुअघि दुध पिउँदा मिठो निन्द्रा आउँछ। जसलाई राति निन्द्रा नलाग्ने समस्या छ, ति व्यक्तिहरुले राति सुत्नुअघि एक गिलास दुध पिउनु राम्रो हुन्छ। दुधले मानसिक तनाव कम गर्न मद्दत गर्छ भने, दुध पिउँदा दिमाग शान्त रहन्छ।
दुधमा पाइने ट्रिप्टोफेन अमीनो एसिडले राम्रो निन्द्राको लागि मद्दत गर्छ। यसका साथै यसले दिमागलाई बलियो पनि बनाउँदछ। त्यस्तै मस्तिष्कलाई तेजिलो बनाउनको लागि पनि राति सुत्नुअघि एक गिलास दुध पिउनु आवश्यक हुन्छ।
गुडसँग दुधः
दुधमा गुड मिसाएर पिएमा पेटका थुप्रै समस्याहरु समाधान हुन्छ। दुध र गुड सँगै सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ। यसले छालालाई पनि चम्किलो बनाउँछ। रातमा दुध पिउँदा रक्तचाप सन्तुलित राख्ने काम गर्छ। साथै, दुधमा पाइने प्रोटिनले मासंपेशी मजबुज बनाउँछ।
पाचन शक्ति बढाउँछः
दुधले शरीरमा पाचन प्रक्रियालाई बलियो बनाउँछ। राति खानामा जे खाए पनि सुत्नुअघि मनतातो दुध पिएर सुत्दा त्यसले खाना पचाउन मद्दत गर्छ। साथै, दुधले खानामा भएको मसलाको असर पनि कम गराउँछ। दुधले शरीरमा शक्ति दिन्छ भने, प्रजनन् प्रक्रियालाई पनि वृद्धि गर्दछ।