काठमाडौं– एक अध्ययनका अनुसार २४ सै घण्टा ब्रा लगाउनाले शरीरमा केही समस्याहरू देखिन्छन्। शरीरको बनावटलाई आकर्षक बनाउन पनि ब्राको प्रयोग गर्ने गरिन्छ। त्यस्तै स्तनको स्वास्थ्यता र सही आकारका लागि ब्रा लगाउन जरुरी पनि हुन्छ।
तर लगातार लामो समयसम्म ब्रा लगाउनेहरूको स्तनमा दुखाइको समस्या बढ्न सक्छ। शरीरलाई असहज महशुस हुन्छ। त्यस्तै लगातार ब्रा लगाउनाले शरीरमा रक्तसञ्चार पनि राम्रोसँग हुन पाउँदैन र रक्तसञ्चार राम्रोसँग नभए विभिन्न आन्तरिक समस्याहरू पैदा हुन सक्छ।
लगातार लामो समय ब्रा लगाउनाले ढाड दुख्ने समस्या पनि हुन सक्ने अध्ययनले बताएको छ। त्यस्तै ब्रा एकदम कसिलो छ भने, पनि यस्तो समस्या झन दोब्बर हुन सक्छ। लामो समयसम्म कसिलो ब्रा लगाउनाले शरीरको कोमल छालामा डाम पर्छ। त्यसले चिलाउने समस्या हुन्छ। त्यसैले कसिलो ब्रा लामो समयसम्म लगाउने बानीले शरीरको आकार पनि नराम्रो बनाइदिन्छ। शरीरमा घाउसम्म हुन सक्छ।