काठमाडौं– स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने चनालाई हरेक बिहान भुटेर खानाले हाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा र्पुयाउछ। यसमा पौष्टिक तत्व हुने भएकाले हाम्रो पेटमा हुने कब्जियतबाट पनि बचाउँदछ।
बजारमा बोक्रा भएको र बोक्रा छिलेको गरि दुई प्रकारको चना पाइन्छ। तपाईले बोक्रा सहितको चना खानुहोस्, किन भने चनाको बोक्रासमेत स्वास्थ्यका लागि राम्रो मानिन्छ। भुटेको चनामा कार्बोहाइड्रेट, क्याल्सियम, आइरन र भिटामीन भरपुर मात्रामा पाइन्छ।
भुटेको चना खानुका फाइदाहरुः
मोटोपन घटाउँछ– आफ्नो वजन कम गर्न चाहनेले भुटेको चना खानु लाभदायक छ। दैनिक रुपमा भुटेको चना खानाले मोटोपनको समस्याबाट बच्न सकिन्छ।
कब्जियत हुनबाट बचाउँछ– जसलाई कब्जियत भएको छ, उनले प्रत्येक विहान चना खानु राम्रो मानिन्छ। कब्जियत भएको छ भने पनि भुटेको चना खाँदा निकै राहात मिल्छ।
पाचन शक्ति बढाउँछ– चनाले पाचन शक्तिलाई सन्तुलित राख्छ र दिमागी शक्तिलाई बढाउन मद्दत गर्छ। चनाको नियमित सेवन गर्दा रगत सफा हुन्छ, जसको कारण त्वचामा निखारता आउँछ। चनामा फस्फोरस हुन्छ, जसले हेमोग्लोविनको लेवल बढाउँछ।
मधुमेहका रोगीलाई राहात– भुटेको चना खाँदा मधुमेहका रोगीले राहात पाउँछन्। भुटेको चनामा ग्लुकोजको मात्रा धेरै हुन्छ। यसले डायबिटिज रोगलाई नियन्त्रित गर्छ। भुटेको चना नियमित खाँदा ब्लड सुगरको लेवललाई पनि नियन्त्रणमा राख्छ।
प्रतिरोधक क्षमता बढाउँछ– प्रत्येक विहान खाजा तथा दिउँसोको खाना खानु पहिल्यै ५० ग्राम भुटेको चना खाँदा तपाईको रोग प्रतिरोधक क्षमतामा बृद्धि हुन्छ। तपाईको रोग प्रतिरोधक क्षमतामा बृद्धि भयो भने विभिन्न रोगहरुबाट बच्न सक्नुहुन्छ। साथै यसले मौसम अनुसार शरीरमा हुने विभिन्न समस्याबाट पनि बचाउँछ।
पिशाव सम्बन्धि रोगबाट छुटकारा पाइन्छ– भुटेको चना सेवन गर्दा पिशाव सम्बन्धि जोडिएको विभिन्न रोगहरुबाट पनि छुटकारा पाइन्छ। जसलाई छिन–छिनमै पिसाब लाग्छ, उनले चना खानुपर्छ। यसरी नियमित चना खानाले यस्ता समस्याबाट राहात पाइन्छ।