काठमाडौं– नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचारमा मद्दत गर्दछ। यसको औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ। नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ हाे पूर्ण र कहिल्यै खराब नहुने। नीमको डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्दधक तत्व विद्यमान हुन्छन् र रोगविरुद्ध पनि लड्छन्।
यसको बोक्रा विशेषगरी औलो र छालासम्बन्धी रोगका लागि उपयोगी हुन्छ। नीममा मधुमेह, क्यान्सर, मुटुरोग, एलर्जी लगायतका कैयौं रोगसँग लड्ने क्षमता हुन्छ। त्यसैले आयुर्वेदमा यसलाई सर्वरोगनिवारिणी पनि भनिन्छ। पृथ्वीमा जीवन सूर्यको शक्तिबाट नै चलेको हुन्छ। सूर्यको ऊर्जाबाट जन्मेको तमाम जीवहरूमा नीमले नै सबभन्दा बढी सूर्य ऊर्जा सोसेको छ।
त्यसैले यसलाई रोगनिवारक मानिएको छ। नीमको एउटा पातमा धेरै रासायनिक प्रबन्ध हुन्छ, र धर्तीमा पाइने पातहरूमा पनि नीमको पात नै सबैभन्दा जटिल हुन्छ। नीमको पातले मानसिक रोग, दन्तरोग, छालाको रोग लगायत धेरै रोग निको पार्छ भने, तपाईले घरमा नीम रोप्नुभएको छ भने, पनि तपाईमा यसको राम्रो प्रभाव पर्दछ। शरीरमा करोडौं ब्याक्टेरिया हुन्छन्, तीमध्ये धेरैजसो ब्याक्टेरियाहरू हानिकारक हुन्छन्।
ती हानिकारक ब्याक्टेरियालाई मार्नका लागि नुहाउनुअघि शरीरमा नीमको लेप लगाउनुस् र शरीरमै सुक्न दिनुस्। त्यसपछि पानीले मजाले धुनुहोस्, तपाईको शरीरका सारा ब्याक्टेरिया नष्ट भएर जानेछन्। यसको विकल्पमा नीमका केही पात पानीमा राखेर रातभरि छोडिदिनुस्, र बिहान उठेर त्यो पानीले शरीर नुहाउनुस्। यसो गरेमा शरीरमा तीव्र ऊर्जा उत्पन्न गराउँछ।