काठमाडौं– धेरै मानिसहरुले आफ्नो पछाडिको खल्तीमा पर्सलाई राख्ने गर्दछन्। पर्समा पैसाको साटो विभिन्न कार्ड, सिक्का, आइडी लगायतका वस्तु राख्छौं, जसले पर्स निकै मोटो बनाउँछ। पछाडिको खल्तीमा मोटो पर्स राख्नुहुन्छ भने यसले शरिरको तल्लो भागको ब्यालेन्स बिगार्ने गर्दछ। पछाडिको खल्तीमा पर्स राख्दा विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्छ।
१. साइटीका रोग
पर्सलाई पछाडिको खल्तीमा राखेर बस्नुहुन्छ, यसले कम्मरमा दबाब पार्छ। कम्मरबाटै साइटिक नसा फैलने भएकाले यसको कारण कम्मर दुख्ने सम्भावना अधिक हुन्छ। हिप ज्वाइन्ट्समा हुने पिरिफर्म मसल्समा पनि दबाब पर्ने गर्दछ।
२. रक्तसंचारमा बाधा
कुनै नशा यस्तो पनि हुन्छन् जुन मुटु हुँदै कम्मर र खुट्टासम्म पुग्ने गर्दछ। मोटो पर्स राखेर बस्दा यी नशामाथि दबाब पर्ने गर्छ जसका कारण रक्तसंचारमा प्रभाव पर्ने गर्दछ।
३. मेरुदण्डको हड्डी खराब हुनसक्छ
मेरुदण्डको हड्डीलाई खराब बनाउँछ जसका कारण स्पाइनल जोइन्ट्स, मसल्स र डिस्क आदीमा पीडा हुन्छ र राम्रोसँग काम गर्न पाउँदैन जसका कारण बिस्तारै मेरुदण्डसम्बन्धि रोग लाग्ने गर्छ।
४. फोर्मिस सिन्ड्रोम
पाइन्टको पछाडिको खल्तीमा पर्स राख्दा पायरी फोर्मिस सिन्ड्रोम नामको रोग लाग्ने खतरा बढ्छ। यो रोग लागेपछि बिरामीलाई असह्य पीडा हुन्छ। पर्स राखेर घण्टौं बस्दा पायरी फोर्मिस मसल्समा दबाब पर्ने हुँदा खुट्टामा अत्यधिक पीडा हुने गर्दछ। पायरी फोर्मिस रोगबाट छुटकाराको लागि शल्यक्रिया गराउनुपर्छ।