काठमाडौं– हामी सबैलाई सकारात्मक ऊर्जाको आवश्यकता पर्दछ। आफ्नो आसपासमा सकारात्कमता बनाइराख्नका लागि हामी कयौं प्रयास गछौं, ताकि पोजेटिभ इनर्जीको माहोल बन्न सकोस्। र सबै नकारात्मक ऊर्जा हामीबाट टाढा जाओस्।
त्यसैले सकारात्मक ऊर्जाका लागि केही बिरुवा यस्ता छन् जसले ऊर्जा ल्याउनमा मद्दत गर्दछ। मानिसको मनमा सकारात्मक ऊर्जाका लागि यस्ता बोट–बिरुवा छन् जुन हामीमा ऊर्जावान बन्न मद्दत गर्दछन्।
घ्यूकुमारी– शरीरको सुन्दरताका लागि एलोभेराको निकै महत्व छ। यसले शरीरको सुन्दरतालाई मात्र होईन, घरमा रहेको नकारात्म ऊर्जा हटाउनका लागि पनि एलोभेराको ठुलो महत्व हुन्छ।
मनिप्लान्ट– घरको वातावरणलाई खुसी र सकारात्मक बनाउनका लागि मनिप्लान्ट पनि निकै सहयोगी हुनेछ। यस बिरुवाले घरमा रहेको नकारात्मकतालाई बाहिर लैजान्छ।
तुलसी– तुलसी स्वास्थ्यका हिसाबले पनि निकै गुणकारी वस्तु हो। यो गुणकारी बिरुवा स्वास्थ्यका लागि मात्र होइन, सकारात्मक ऊर्जाका लागि पनि निकै फाइदायुक्त हुन्छ।
मेहन्दी– सकारात्मक ऊर्जाका लागि शरीर तथा मन चुस्त र दुरुस्त हुन आवश्यक हुन्छ। शरीर र मनको थकानलाई टाढा गर्नका लागि मेहन्दी निकै फाइदाजनक हुन्छ। यो बिरुवा घरमा राख्दा निन्द्राको समस्या समेत अन्त्य हुन्छ।