काठमाडौं– नरिवल पानीमा विषाक्त तत्व हटाउने गुण हुन्छ। जस्ले शरीरलाई उर्जा दिन्छ। भने, यसमा रोग प्रतिरोधात्मक क्षमता पनि हुन्छ। यदी तपाईको वजन बढिरहेको छ भने, पनि तपाईलाई यसले निकै फाइदा गर्दछ।
विशेषज्ञका अनुसार विहानको समयमा नरिवल पानी पिउनु सवैभन्दा धेरै फाइदाजनक हुन्छ र तपाई दिनभर स्फूर्ति चाहनुहुन्छ भने बिहान नरिवल पानी खानु झनै फाइदाजनक मानिन्छ। थाइराइड हार्मोनलाई सन्तुलित बनाउनका लागि नरिवल पानी निकै उपयोगी हुन्छ।
विहानीको समयमा नरिवल पानी पिउनाले थाइराइड हार्मोन नियन्त्रित गर्दछ। किड्नीलाई स्वस्थ बनाउनका लागि नरिवल पानीको सेवन गर्नु राम्रो हुन्छ। यसले पिसाव नलीलाई सफा राख्छ र स्टोन हुन पनि दिदैन्।
त्यस्तै तपाईको वजन बढेका कारण समस्यामा पर्नु भएको छ भने, पनि नरिवल पानी पिउँदा निकै फाइदाजनक हुन्छ। यसमा धेरै कम मात्र क्यालोरी हुन्छ। नरिवल पानी पिएपछि धेरै भोक पनि लाग्दैन र यसले छालालाई राम्रो बनाउनका साथै छाला चम्किलो र मुलायम बनाउन मद्दत गर्दछ।