एजेन्सी– बालबालिकाहरुको विकासमा बाडुल्की लाग्नु बाधक र अफ्ठ्यारो मानिन्छ। बाडुल्की लाग्नु शिशुहरुको विकासका निम्ति धेरै महत्वपूर्ण रहेको वैज्ञानिक अनुसन्धानले बताएको छ।
स–साना बच्चाहरुलाई स्वासप्रस्वास आफैँले नियन्त्रण गर्न सिकाउने गरेको अनुसन्धानमा पत्ता लागेको हो। भर्खरै जन्मिएका १३ शिशुहरुमा अध्ययन गर्दा बाडुल्कीले तिनको मस्तिष्कमा धेरै सङ्ख्यामा ‘वेब सिग्नल’ उत्पन्न गराएर दिमागी विकासमा सहायता पुर्याउने गरेको पाइएको हो।
बाडुल्कीका कारण दिमागमा बढ्ने क्रियाकलापले शिशुहरुलाई सास फेर्ने मांसपेसीहरुको प्रयोग गर्न सिकाउने गरेको जसले पछि आफैँले स्वासप्रस्वास नियन्त्रण गर्ने क्षमता विकास गराउन मद्दत गर्ने वरिष्ठ अनुसन्धानकर्ता लोरेन्जो फाब्रिजीलकोे भनाइ छ।
धेरै बच्चाहरुलाई आमाको गर्भभित्र हुँदा वा जन्मना साथै बाडुल्की लाग्ने गरेको छ। यसमा छातीमा सेन्सर अनि इलेक्ट्रोड राखि अध्ययन गरिएको थियो। वैज्ञानिकहरुले बच्चाहरुको डाएफ्राममा बाडुल्कीसँग सम्बन्धित तीनवटा ब्रेनवेभ फेला पारेका हुन्।
बाडुल्की लाग्दा मांसपेसीहरुमा ठूलो हलचल हुने गर्दछ जुन मस्तिष्क विकासका लागि धेरै राम्रो हुने उनीहरुको भनाइ छ। सानो हुँदाको बाडुल्कीको अनुभवले ठूलो हुँदासम्म आफ्नो सास नियन्त्रण गर्न मद्दत गरिरहेको बताइएको छ। बच्चाहरुले पेटमा लात हानेर आफ्नो शरीरको मापन गर्ने गरेको अनुसन्धान टोलीले पत्ता लगाएका थिए।