काठमाडौं– गुलाफको सुगन्धले राम्रोसँग पढ्न र निन्द्राको गुणवत्तामा सुधार ल्याउनमा सहयोग पुर्याउँछ। यो रहस्य एक शोधबाट सार्वजनिक भएको हो।
जर्मनीस्थित यूनिभर्सिटी अफ फ्रीबर्गका शोध प्रमुख जुर्गन कोर्नमीयरले भनेका छन्, ‘मैले देखे सुगन्धको सहायक प्रभाव जिन्दगीमा धेरै काम गरिरह्यो। यसलाई लक्षित तरिकाबाट प्रयोग गर्न सकिन्छ।’
शोधले परीक्षण समूहका युवा सहभागीलाई अंग्रेजी शब्दावली सिक्ने क्रममा घरमा आफ्नो डेस्कमा गुलाफ सुगन्धित अगरबत्ती लगाउन भनियो, साथै राति बेडको छेउ र बेडसाइडको टेबलमा पनि यस्तै गर्न भनियो।
सो परीक्षण परिणामको तुलनामा, जब सुत्न र सिक्ने बेला नजिकै अगरबत्तीको प्रयोग गरियो, त्यतिखेर विद्याथीमा ३० प्रतिशतका साथ पढाइमा सफलता देखियो।