एजेन्सी– नेपालीहरू असाध्यै बढी रक्सी पिउँछन्। अनि ह्याङओभरका कारण कतिपय व्यतिहरु टाउको समातिरहेका पनि भेटिन्छन्। ह्याङओभर छिट्टै उत्रिँदा पनि उत्रिँदैन। त्यसैले यहाँ हामी ह्याङओभर उतार्ने केही तरिका बताउँदैछौं।
तर हाम्रो उद्देश्य यो होइन की, तपाई ह्याङओभर हुने गरी रक्सी पिउनुहोस्, हामी त भन्छौं सकेसम्म रक्सी पिउँदै नपिउनुस्। तैपनि हल्का पिएमा ह्याङओभर भइहाले भने, यहाँ बताइएका केही विधिहरुलाई अपनाउन सक्नुहुनेछ।
कागती पानी– मनतातो पानीमा कागती र नून हालेर पिउँदा रक्सीको नशा उत्रिन्छ।
सुन्तलाको रस– सुन्तलाको रसमा भएको भिटामिन सीले चक्कर लाग्न दिँदैन। अनि रक्सीको नशा पनि उत्रिन्छ।
अदुवा हालेको चिया– अदुवा हालेको चिया पिउँदा टाउको दुखेको कम हुन्छ। अनि रक्सी पचाउन पनि अदुवा चियाले मद्दत गर्छ।
दूध र दही– रक्सी पिउँदा शरीरमा अम्लको मात्रा बढ्छ। यसकारण धेरै थकाइ लाग्छ र सुस्त भइन्छ। यस्तो स्थितिमा दूध वा दही पिउँदा रक्सीको नशा कम हुन्छ।
मह– रक्सी पिएपछि टाउको दुख्ने, बान्ता लाग्ने र चक्कर आउने भएमा तत्कालै मह चाट्नुस्। बिस्तारै ह्याङओभर उत्रिन्छ।