काठमाडौं– दाँत तथा मुखको रोगले मुखमा मात्र सीमित नभई शरीरका अंगमा पनि प्रभाव पारिरहेको हुन्छ। मुख स्वास्थ्य र शरीरका रोगहरु जस्तै मधुमेह, मुटुरोग, क्यान्सर तथा स्वास–प्रश्वाससम्बन्धी रोगहरुबिचकाे सम्बन्ध दुईतर्फी हुन्छ।
दाँत तथा मुखलाई पनि स्वस्थ राख्न अति नै जरुरी हुन्छ। दाँत तथा मुख रोगको रोकथाम प्रतिरोधात्मक पद्धति, जीवनशैली र जनचेतना फैलाएर गर्न सकिन्छ।
दाँत तथा मुखलाई स्वस्थ राख्ने उपायः
१. रेसादार खानाहरु जस्तैः फलफूल र हरियो सागपात खाने।
२. टुथपेस्टले दिनको दुई पटक दुई मिनेटसम्म ब्रस गर्ने।
३. राम्रोसँग खाना खाइसकेपछि कुल्ला गर्ने।
४. मुख तथा गिजाको जाँच दक्ष दन्त चिकित्सकसँग गराउने।
५. सुर्तीजन्य पदार्थको सेवन नगर्ने र अत्यधिक मात्रामा मध्यपान नगर्ने।