काठमाडौं– शारीरिक तनाव, बदलिएको व्यस्त जिन्दगीका कारण मानिसहरुमा टाउको दुखाइको समस्या पछिल्ला दिनहरुमा बढ्दो छ। यसलाई समयमै वास्ता गरिएन भने, यसले ठूलो समस्या ल्याउन सक्छ। यसका लागि तपाईले घरेलु उपचार पनि गर्न सक्नुहुन्छ।
टाउकाे दुखाइकाे घरेलु यपचार विधि
कागती र तातो पानी– लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस्। किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ।
लसुनको रस– लसुनको रस पिउँदा लगातार दुख्ने तपाईंको टाउकोले राहत महसुस गर्दछ। यसलाई तयार गर्नका लागि लसुनका केही टुक्रा लिनुहोस् र यसलाई निचोरेर रस निकाल्नुहोस्, कम्तीमा पनि एक चम्चा रस पिउनुहोस्। वास्तवमा लसुन एक पेनकिलर पनि हो, यसले टाउको दुख्न कम गराउँछ।
पुदिना– माइग्रेनको उपचारमा पुदिना निकै महत्वपूर्ण मानिन्छ। पुरानो समयमा पनि टाउको दुखाईको उपचारको लागि पुदिना दिने गरिन्थ्यो। यदि तपाईंलाई लगातार टाउको दुखिरहन्छ भने तपाईंले पुदिनलाई चियामा मिसाएर पिउन सक्नुहुन्छ। यसले तपाईंलाई तुरुन्त राहत प्रदान गर्छ।
जीरा र अदुवाको रस– धनियाँको पात, जीरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईंको टाउको कम हुने गर्दछ। यसलाई बनाउनका लागि थोरै तातो पानी लिनुहोस् र यसमा धनियाँ, जिरा र अदुवा यी तीनथरी हालेर पाँच मिनेटसम्म उमाल्नुहोस्। राम्रो परिणामका लागि यसलाई कम्तीमा पनि दिनको दुई पटक पिउनुहोस्।
ल्वाङ र नुनको प्रयोग– टाउको दुखाईका लागि ल्वाङ र नुनको पेष्ट एक प्रभावकारी उपचार पद्धती मानिन्छ। ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउनुहोस्। नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाईबाट आराम मिल्दछ।
दालचिनी पाउडर– टाउको दुखाईबाट आराम पाउनका लागि दालचिनी पाउडर पेष्ट एउटा राम्रो तरिका हो। उपयोगका लागि दालचिनी पिसेर पाउडर बनाउनुहोस् र यसलाई पानी हालेर बाक्लो पेष्ट बनाउनुहोस्। अब यो पेष्टलाई टाउकोमा लगाउनुहोस्। यसले तपाईंको दुखेर भारी भएको टाउको छिट्टै हल्का हुन्छ।