काठमाडौं– भिटामिन ‘ए’ को अत्यधिक सेवनले हाडको घनत्व कम हुन सक्छ जसले हाड कमजोर हुनुको साथै टुट्ने खतरासमेत बढ्छ। भिटामिन ‘ए’ को प्रस्तावित दिनहुँको खुराकभन्दा ४.५ देखि १३ गुणा बढी एवं निरन्तर सेवनले हाडमा धेरै कमजोरी आउँछ ।
भिटामिन ‘ए’ शारीरिक विकास, दृष्टि, प्रतिरोधक क्षमता र अंगको सही तवरले काम गर्न थुप्रै जैविक प्रक्रियाको लागि महत्त्वपूर्ण हुन्छ । मासु, दुग्ध उत्पादन, सब्जीले युक्त स्वस्थ आहार शरीरको पोषक तत्त्वसँग सम्बन्धित आवश्यकतालाइ पूर्ति गर्न पर्याप्त हुन्छ ।
भिटामिन ‘ए’ को अतिरिक्त खोराक लिन्छन् र हाडलाई नोक्सान पुग्ने खतरा बढ्छ ।