काठमाडौं– अनुहारका लागि महँगा ब्रान्डेड कस्मेटिक देखि घरेलु उपचार विधि सम्म अपनाउने हामी घाँटी वा गर्दनलाई गोरो बनाउन त्यति प्राथमिकता वा ध्यान दिदैनौ।
यसको फलस्वरूप कुनै कार्यक्रममा जाँदा आफैं लज्जित हुनुपर्ने अवस्था सिर्जना हुन्छ। किनकी, अनुहार सफा र चम्किलो तर घाँटी भने जत्ति पाउडर लगाए पनि कालो, यसरी घाँटी र अनुहारको कलर पुरै छुट्टिने हुँदा मानिसहरुको आँखा सुरुमै यस भागमा पर्न जान्छ।
यसकारण घाँटी वा गर्दनलाई पनि सफा गर्नु उत्तिकै जरुरि हुन्छ। किनकी, फेसको चमकले मात्र मानिसलाई आकर्षक र सुन्दर देखाउँदैन। त्यसैले आज हामी तपाईलाई यस्तो उपाय बताउन गइरहेका छौं कि जसले तपाईको गर्दनको कालोपना एक महिनामै हट्छ।
यसमा चाहिने सामग्रीः
मन्जन र एलोवेरा जेल
बनाउने विधिः
एक सफा कचौरामा थोरै मात्रामा मन्जन र एक चम्चा एलोवेरा जेल राख्ने। त्यसपछि यी दुई सामग्रीलाई १ मिनेट सम्म फिटेर राख्ने, त्यसपछि पेस्ट तयार हुन्छ। अब एक कचौरा मन तातो पानी लिनुहोस्, यसमा एक चम्चा नुन हाल्नुहोस् र मिसाउनु होस्।
यसलाई लगाउने तरीकाः
एउटा सानो सफा रुमाल लिनुहोस् र यसलाई नुन पानीमा चोपेर गर्दनमा ५ मिनेटका लागि मसाज गर्नुहोस् र ५ मिनेट नुन पानीले मसाज गरे पछी सफा टावेलले पुछ्नुहोस्। यसपछि बनाएको मन्जन र एलोवेरा जेलको पेस्टलाई हातको औंलामा थोरै थोरै मात्राले गर्दनमा लगाएर १५ मिनेटका लागि यत्तिकै छोड्नुहोस्। १५ मिनेट पछी गर्दनलाई पखाल्नुहोस्। यस विधिलाई हप्ताको ३ पटक प्रयोग गर्नुहोस्, जसले कालो गर्दनलाई छिट्टै गोरो बनाउन मद्धत गर्छ।