काठमाडौं– सन्तान भएपछि सम्हाल्नु बाबुआमालाई समस्या बन्न पुग्छ। यो धेरै परिवारको साझा समस्या हो। त्यसैले दोस्रो सन्तान जन्मिँदा अभिभावकले मिश्रति अनुभव गर्छन्। पहिलो सन्तानले पनि धेरै कुरामा सम्झौता गर्नुपरेको महशुस गर्छन्।
१. एकआपसमा बाँड्ने बानीको विकास
पहिलो सन्तान परिवारको एकमात्र बालक हुन्छ। सबैको ध्यान उसैतर्फ हुन्छ। त्यसैले अभिभावकले दोस्रो सन्तान हुनुपूर्व पहिलो सन्तानलाई सबै कुरा एकआपसमा बाँड्नुपर्छ भन्ने कुरा सिकाउनुपर्छ।
२. धैर्य
पहिलो सन्तान जन्मिनुभन्दा पहिला नै धेरै कुरा सिकिसकेको हुन्छ। उनीहरुले कसरी माया तथा करुणा देखाउने र धैर्य राख्ने भन्ने बुझ्नु जरुरी हुन्छ। सानो बच्चालाई कसरी कुरा गर्ने र बोल्ने भन्ने कुरा पनि राम्रोसँग थाहा हुँदैन। पहिलो सन्तानले नरिसाइकन कसरी सिकाउन सकिन्छ भन्ने थाहा पाउनुपर्छ।
३. परिवारको महत्व
पहिलो सन्तानले आफूलाई वेवास्ता गरेको महशुस गर्नु स्वाभाविक हो। यसबाट पार पाउन ठूलो हुँदै जानु परिवारको अभिन्न अंग बन्नु हो। परिवारमा आएको नयाँ सदस्यका लागि निकै महत्वपूर्ण भूमिका खेल्न सक्छु भन्ने विश्वास दिलाउनुपर्छ।
४. मायाको आभाष
सन्तानमा भाइ वा बहिनीलाई आफूलाई भन्दा बढी माया गरेको जस्तो लाग्छ। दोस्रो सन्तानलाई बढी ध्यान दिने हुनाले पहिलो सन्तानमा यस्तो छाप पर्न गएको हो। अभिभावकको माया असीमित छ भन्ने कुरा बुझाउन सक्नुपर्छ। उनीहरुलाई पहिला जति माया अहिले पनि गर्छन् र सन्तानलाई माया गर्छन् भन्ने कुराको विश्वास दिलाउनु जरुरी हुन्छ।
५. स्वतन्त्र
उनीहरुलाई धेरै काम आफैँले गर्न सिकाउनु पर्छ। यसो गर्दा सधैँ आफूलाई अभिभावकको ध्यान आवश्यक पर्दैन भन्ने कुराको आभाष हुन्छ। उनीहरुलाई दोस्रो सन्तानसँग राम्रो व्यवहार गर्न प्रेरणा मिल्छ।
६. खेल्ने तरिका
अभिभावकले साना बच्चासँग कसरी खेल्ने भन्ने कुरा सिकाउनुपर्छ। विशेषगरी गलत तरिकाले खेल्नु हुँदैन र खेलमा स्वार्थीपना देखाउनु हुँदैन भन्ने कुरा पनि बुझाउन सक्नुपर्छ।
७. सहयोगी भावना
सबै कुरामा अरुको सहयोग आवश्यक हुन्छ। सहयोगी भावना राख्नुपर्छ भन्ने कुरा बुझाउन सकिएको खण्डमा दोस्रो सन्तानको आवश्यकता बुझेर उसले सहयोग गर्न सक्छ। यसले आफ्नो आत्मविश्वास पनि बढ्छ।
८. बच्चाको स्याहार
पहिलो सन्तानलाई दोस्रो सन्तानलाई आफ्नो दाजुभाइजस्तै बनेर बस्न प्रेरित गर्नुपर्छ। उनीहरुलाई कसरी स्याहार गर्ने भन्ने कुरा पनि बुझाउनुपर्छ।
९. पारिवारिक भावना विकास
दोस्रो सन्तान पनि आफ्नै परिवारको सदस्य हो भन्ने बुझाउनु पर्छ। यसो गर्नाले उनीहरुले नयाँ सन्तानप्रति बढी मात्रा देखाउने र ख्याल राख्ने काम गर्न सक्छन्।
१०. मनको कुरा भन्ने बानी
दोस्रो सन्तान जन्मिँदा पनि अभिभावकले मेरो कुरा सुनिरहेका छन् भन्ने विश्वास पहिलो सन्तानमा हुनु जरुरी हुन्छ। यसो गर्नाले आफूलाई कस्तो महशुस भइरहेको छ भन्ने कुरा पनि बताउँछ र नयाँ सन्तानलाई पुयार्उने सक्ने नोक्सानी रोक्न सकिन्छ।