काठमाडौं– ब्रेन हेम्रेज मस्तिष्कघातकाे ठूलो समस्याकाे रुपमा देखापरेको छ। यसको उपचार निकै जोखिमपूर्ण र खर्चिलो छ। यसबाट बच्न रक्तचाप, कोलेस्टेरोल र मधुमेह नियन्त्रणमा राख्न नियमित जाँच गर्नुपर्छ।
ब्रेन हेम्रेजबाट बच्न, यस्तो गर्नुस्ः
१. रक्तचाप परिक्षण गर्ने तथा औषधि सेवन नियन्त्रणमा राख्ने
२. समयमा कोलेस्टेरोल परिक्षण गरी नियन्त्रणमा राख्ने
३. मधुमेह भएमा औषधि सेवन गरी नियन्त्रणमा राख्ने
४. धुम्रपान सेवन नगर्ने
५. बाइक र स्कुटर, साइकल चलाउँदा बलियो हेल्मेट लगाएर टाउकोको रक्षा गर्ने
६. मदिरा सेवन नगर्ने
७. धेरै सोडा, कोल्ड ड्रिंक्सको सेवन नगर्ने
८. रिस, आवेग, कुण्ठा, अस्वस्थ्य प्रतिस्पर्धा, नकारात्मक सोंच, अधिक संबेदनशिलता त्यागेर सहज जीवन बिताउने
९. लामो समय मस्तिष्कलाई भार दिने काम नगर्ने। मानसिक, शारीरिक, आध्यात्मिक, सामाजिक, पारिवारिक एवम व्यक्तिगत जीवनलाई प्राथमिकता दिने
१०. आहार, निद्रा, आराम, घुमफिर, नाचगान, ब्यायाम, योग, ध्यान आदि गरेर जीवनलाई सरल बनाउने,
११. आहारविहार र स्वस्थ जीवनशैली अपनाउने
१२. गाँजा, ड्रगसको सेवन नगर्ने
१३. तौल सन्तुलनमा राख्ने
१४. योग, ध्यान आदिबाट अक्सिजनको मात्रा बढाउने
१५. जथाभावी औषधिको सेवन नगर्ने
१६. मस्तिष्कमा ट्युमर भए र नभएको आवश्यकता अनुसार परिक्षण गर्ने
१७. कब्जियत भएमा धेरै बल प्रयोग नगर्ने
१८. धेरै ब्यायाम नगर्ने
१९. जीवनशैली जटिल, अव्यवहारिक, तनाव हुने प्रकृतिको नबनाउने
२०. उत्तेजक औषधिको सेवन गरेर सम्पर्क नगर्ने