एजेन्सी – नेपाली समाजमा कसैलाई काम नलाग्ने भन्नुर्पयो भने गाली दिंदा ‘कस्तो मुलाको साग’ भन्ने गछौं। तर त्यहि मुलाको सागका यतिधेरै फाइदा छन् कि, तपाईंलाई गालीको टुक्का नै फेर्न मन लाग्छ।
वैज्ञानिक खोजहरुका अनुसार मुलाभन्दा मुलाको साग मानव स्वास्थ्यका लागि धेरै फाइदाजनक हुने पुष्टि भएको छ। यसमा पाइने विभिन्न पौष्टिक र अन्य तत्वहरुले हानिकारक रोगविरुद्ध लड्न समेत मद्दत गर्दछ।
मुलाको सागका फाइदा
चम्किलो अनुहार– मुलाको सागमा रहेको विभिन्न तत्वहरुले शरीरमा रहेका विषाक्त पदार्थलाई भगाउँछ र अनुहारमा निखार आउँछ।
कफको समस्यामा कमी– मुलाको सागमा एन्टीकन्जेस्टिभ गुण हुन्छ। यसले कफको समस्याबाट मुक्ति दिलाउन सहयोगी भूमिका खेल्दछ। मुलाको सागले कमजोरीदेखि क्यान्सरसम्मलाई तह समेत लगाउँछ।
कब्जियतबाट मुक्ति– मुलाको सागमा पाइने भरपुर फाइबरका कारण कब्जियतको समस्या समाधान गर्न मद्दत पुग्दछ। यसले कब्जियतको समस्या समाधान गर्नुका साथै पाचन प्रणालीमा पनि सुधार ल्याउछ।
क्यान्सर– मुलाको सागमा पाइने एन्थोसाइनिन नामक तत्व क्यान्सरका बिरामीको लागि धेरै लाभदायक हुन्छ।
कमजोरी हट्ने– मुलाको सागमा आइरन र फोस्फोरसजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ। यसले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउँछ र कमजोरी हटाउन भूमिका खेल्दछ।
डायबिटिज नियन्त्रण– मधुमेहका बिरामीलाई मुलाको सागको नियमित सेवन धेरै नै फाइदाजनक हुन्छ। मुलाको साग खानाले शरीरको ब्लड र सुगर लेभल कन्ट्रोल हुन्छ।
पिसाबसम्बन्धि समस्या समाधान– मुलाको सागको सेवनले पिसाबसँग सम्बन्धित समस्याहरु हटाउन सहयोग मिल्दछ।
जोर्नीको दुःखाई दूर– मुलाको सागमा क्याल्सियमको मात्रा अधिक हुन्छ जसले जोर्नीको दुःखाई हटाउन सघाउँछ।