काठमाडौं– प्रायः हामी मकै खाँदा त्यसको जुँगालाई फालेर खाने गर्दछौं। पोलेर खाँदा त मकैको जुँगा जलेर जान्छ। तर मकै उसिनेर खाँदा दाना–दाना खाएर जुँगालाई फालिदिन्छौँ।
मकैको जुँगाको फाइदाबारे जानकारी नहुँदा यसलाई फालिएको हो। अब तपाई मकै खानुहुन्छ भने, जुँगालाई सुरक्षित राख्नुहोला। किनकी मकैको जुँगा औषधि एक हो। मकैको जुँगामा सयौं प्रकारका औषधीय गुणहरु रहेको विभिन्न अध्ययनहरुले देखाएको छ।
मकैको जुँगाबाट ब्लड प्रेसर, बिर्सिने, सोच्न नसक्ने, सुगर, मोटोपन, पिसाव कम हुने लगायतका रोगको एक प्रभावकारी औषधि हो। अमेरिका, टर्की, फ्रान्स लगायतका देशमा मकैका जुँगाको धुलो प्रतिकिलो पाँच हजार अमेरीकी डलरसम्ममा विक्री हुने गरेको पाइएको छ।