काठमाडौं– अस्वस्थकर खानामा पर्याप्त पोषणतत्व हुँदैन। यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै पनि अभिभावकले आफ्ना बालबालिकालाई जङ्कफुड खुवाइरहेका हुन्छन्।
सस्तो र सजिलै पाइने हुनाले विशेषगरी शहरीक्षेत्रमा बसोबास गर्ने अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जङ्कफुड खुवाइरहेको एक अध्ययनले देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सार्वजानिक गरिएको एक अध्ययनका अनुसार उपत्यकाका १२ देखि २३ महीनाका ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइएको छ।
उमेर अनुसार गुणस्तरीय, पर्याप्त मात्रा विविध प्रकार र सुरक्षित पौष्टिक आहार खान पाएका बालबालिकाको संख्या न्यून रहेको छ। प्रोटिन, कार्बाेहाइड्रेड, क्यालोरी, मिनरल्स थोरै पाइने खानालाई जङ्कफुड भनिन्छ। पोषण तथा असन्तुलित खानपान, निष्क्रिय जीवनशैलीका कारण अधिक तौल हुनुलाई अधिक पोषण भनिन्छ। पाँच वर्ष अगाडि बालबालिकालाई पोषणयुक्त खाना खुवाएमा पुड्कोपनबाट मुक्त गर्न भने सकिन्छ।