काठमाडौं– डिमेन्सियालाई बिर्सने समस्याका रूपमा लिइन्छ। अल्जाइमरका कारण डिमेन्सिया हुन्छ। डिमेन्सिया भएपछि निको हुँदैन। ६० वर्ष नाघेका वृद्धवृद्धालाई डिमेन्सिया हुने गरेको छ।
बुढेसकाल व्यतित गरिरहेका बुवाआमाले धेरै कुरा बिर्सन थाल्नुभएको छ ? बाहिर निस्केपछि घर पहिचान गर्न पनि धौधौ हुने गरेको छ ? ध्यान दिनुहाेस् यस्तो समस्या देखापरेको छ भने, डिमेन्सिया (बिर्सने रोग) हुनसक्छ।
यसको लक्षणहरु
१. स्मरण शक्तिमा ह्रास आउने
२. शंकालु स्वभाव हुने
३. हरेक कुरा भुल्दै जाने
४. सामान राखेको ठाउँमा भेट्न नसक्ने
५. सही तथा गलत छुट्ट्याउन नसक्ने
६. बोल्ने क्रममा शब्द नपाउने
७. परिवारका सदस्य नचिन्ने
यसको रोकथाम बिधि
डिमेन्सियाको समस्यालाई रोकथाम गर्न सकिन्छ। यसका लागि खानपान र जीवनशैली परिवर्तन गर्नुपर्छ। स्वस्थ मस्तिष्कका लागि मुटुलाई स्वस्थ राख्नु आवश्यक छ।
खानपानमा सजगता अपनाएको अवस्थामा पनि डिमेन्सिया हुने डर हुन्छ। माछा सेवन गर्ने व्यक्तिलाई डिमेन्सियाको जोखिम न्यून हुन्छ। ब्रोकाउली, फलफूल, सागसब्जी, ओखर, टुसा पलाएको गेडागुडी नियमित सेवन गर्नुपर्दछ।
यसको उपचार
१.म्युजिक सुन्ने
२. डान्स गर्ने
३. हँसाउने
४. रक्सी सेवन नगर्ने
५. व्यायाम गर्ने
६. सामाजिक कार्यहरुमा संलग्न हुने
७. खानपानमा ध्यान दिने
८. ध्रुम्रपान त्याग्ने