काठमाडौं – हरेक गर्भवती महिलाले गर्भाधारण गर्नासाथै आफ्नो गर्भमा हुर्किरहेको बच्चा तन्दुरुस्त र स्वस्थ जन्मियोस् भन्ने कामना गर्छन्। आफ्नो बच्चामा जन्मजात कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भन्ने उनको चाहना हुन्छ।
तर, बेलाबखत केही जटिलताको कारण जन्मैदेखि नै बच्चामा केही समस्या देखिन सक्छन्। चिकित्सकहरुका अनुसार गर्भावस्थाको क्रममा भएका सानो भन्दा सानो गल्तीले पनि बच्चा अपांग हुन सक्छन्।
पर्याप्त पौष्टिक आहार नलिनाले, क्याल्सियम र भिटामिन डिको कमीको कारणले पनि गर्भमा हुर्किरहेको शिशुमा केही कमीहरु देखिन्छन्। गर्भावस्थामा महिलालाई भएका समस्याहरुले पनि जन्मने बच्चामा शारीरिक वा मानासिक अपांगत हुने गर्छ।
जन्मजात देखिने अपांगहरू
१. टाउको ठुलो हुने
टाउकोको आकार असामान्य हिसाबले ठुलो हुने र यस्तो अवस्थामा टाउको सिधा गर्न सक्दैन् र टाउकोमा पानी जमेको कारणले हुन्छ। टाउको भित्र जमेको पानीको चापले मस्तिष्कलाई असर गर्छन्। जसले गर्दा चालमा, बोलाइमा र व्यवहारमा समस्या हुन्छ।
२. डाउन सिन्ड्रोम
डाउन सिन्ड्रोम यस्तो अवस्था हो, जसमा बच्चालाई बौद्धिक तथा शरीरिक अपागंता मानिन्छ।
३. बाल मस्तिष्क पक्षघात
बच्चाको चालमा असन्तुलन आउने, सास र्फेन गाह्रो हुने, ढिलो विकास हुने, सन्तुलन बिग्रने, बोल्न देख्न तथा सुन्नमा समस्या हुन्छ।
४. अटिजम
अटिजम मस्तिष्क विकासको एक प्रकारको अपांगता हो। अटिजम प्रायः जन्मेको ३ वर्ष भित्र प्रष्टरुपमा देखिन्छ् र जीवनकालसम्म रहिरहन्छ। बच्चाहरुमा फरक–फरक लक्षणहरु देख्न सकिन्छ। बोली चाली, सामाजिक सिप बुझन र प्रयोग गर्न कठिनाई र दोहोर्याएर गर्ने व्यवहारीक समस्या तथा सोच्ने क्षमतामा रुपता नहुनु।
५. जन्मजात ओठ र तालु फाटेको
जन्मजात खुल्ला वा खाल्ठो देखिनु जन्मजात ओठ फुट्नु हो र नाकको नली सम्म पुग्ने गरि मुखको भित्रको तालु वा अनाडी खाल्डो देखिनु पनि जन्मजात तालु फाटेको हो।
जन्मजात अपागं हुने कारणहरुः
१. वंशााणुगत कारण
२. जीनको खराबी
३. कुपोषण
४. सानो उमेरमा गर्भवती भएमा
५. महिला ३५ वर्ष वा बढि उमेरमा बच्चा जन्माएमा
६. गर्भवती धेरै पटक भएमा
७. मधुमेह वा उच्च रक्तचाप रोग भएमा
८. रुवेला, सिफीलिस संक्रमण भएमा
९. गर्भवती अवस्थामा धुम्रपान, मद्यपान गरेमा
१०. अनुचित औषधी सेवन गरेमा
११. महिना नपुगी बच्चा जन्मिएमा
१२. कम तौल वा जन्मदा निसासिएको
यसको रोकथामका उपायहरु
१. पोषणमा धेरै ध्यान दिने
२. गर्भवतीले खानपानमा विशेष ध्यान दिने
३. धुम्रपान मद्यपान नगर्ने
४. चिकित्सको सल्लाहा बमोजीम मात्र औषधीको सेवन गर्ने
५. ३५ वर्ष भन्दा माथि बच्चा नजन्माउने