काठमाडौं– खरबुजामा प्रशस्त मात्रामा एल–सिट्रलिन नामक एमिनो एसिड पाइन्छ। एल–सिट्रलिन रुपान्तरण भएर एल–आर्गिनाइन र नाइट्रिक अक्समा परिणत भएपछि शरीरमा राम्रोसँग रक्त प्रवाह हुनलाई सहयोग गर्छ। नाइट्रिक अक्साइडले रक्तनलीहरुलाई खुकुलो बनाउन मद्दत गर्छ।
शरीरमा नाइट्रिक अक्साइडको स्तर कम हुँदा मानसिक तथा शारीरिक थकान हुने तथा यौन दुर्बलता पैदा हुने हुन्छ। भियग्राले जस्तै खरबुजामा पाइने एल–सिट्रलिनले पनि यौनांगहरुमा रक्तप्रवाहलाई बढाइदिन्छ। रोचक कुरा के छ भने यसको कुनै नकारात्मक असर पनि हुँदैन। यौन क्षमता बढाउने हुनाले कतिपय विज्ञहरुले त खरबूजालाई प्राकृतिक भियग्राको संज्ञा समेत दिएका छन्।