काठमाडौं – फर्सीको बियाँले पुरुषको यौन स्वास्थ्यलाई राम्रै राख्ने हुँदा पुरुषका लागि यो उपयुक्त मानिन्छ।
पुरुषमा प्रोस्टेट ग्रन्थीलाई बलियो पार्न र स्वस्थ हार्मोनको उत्पादन बढाउन यो खानु उपयुक्त मानिन्छ । फर्सीको बियाँमा जिंक यथेष्ट मात्रामा पाइन्छ। यसलाई दैनिक खानपानमा सामेल गर्दा पुरुषको शुक्रकीटको गुणस्तर सुध्रिँदै जान्छ।
यो प्रोस्टेटसम्बन्धी समस्यालाई रोक्नुका साथै पुरुषको प्रजनन क्षमतालाई बढाउनमा समेत सहयोगी हुन्छ। जिंकले रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउँछ। फर्सीको बियाँमा पाइने एन्टिअक्सिडेन्ट टेस्टोस्टेरोनको स्तरलाई स्वस्थकर राख्नमा सहगोगी हुन्छ।
प्रोटिन हाम्रो शरीरमा मांसपेशी निर्माण र मर्मतका लागि आवश्यक हुन्छ। शरीरमा प्रोटिनको कमी भए खानपानमा फर्सीको बियाँ मिलाउनु राम्रो मानिन्छ।