एजेन्सी– कहिले काँही विशेष कारणले गर्दा खेरि महिनावारी पछाडि हुने औषधिको प्रयोग गर्ने गरिन्छ। औषधिको प्रयोग गरेर विभिन्न कामका लागि महिनावारी सार्दा स्वास्थ्यमा गम्भीर असर पर्ने डाक्टरहरु बताउँछन्। त्यसैले यदि महिनावारी सार्नको लागि तपाईंले धेरैपटक औषधिको प्रयोग गर्नुभएको छ भने यसलाई समयमै राक्नुपर्छ।
महिनावारी सार्ने औषधिबाट स्वस्थ्यमा पर्न जाने असर
१. महिनावारी चक्र प्रभावित
महिनावारी सार्नको लागि औषधिको प्रयोग गर्नुभएको छ भने यसलाई समयमै रोक्नुपर्छ। महिनावारी चक्र अनियमित गराउँछ भने प्रजनन सम्बन्धी समस्याहरु पैदा गर्छ। औषधिको सेवनले गर्भधानमा समस्या आउन सक्छ। यसले बाँझोपनको समस्या पनि निम्त्याउँछ।
२. रक्तनलीमा रगत जम्ने खतरा
औषधिले रक्तनलीमा रगत जम्ने खतरा हुन्छ। रगतमा जमेर मुटु र मस्तिष्कसम्म पुग्ने खतरा पैदा हुनसक्छ।
३. रगत धेरै बग्नु
२० प्रतिशतभन्दा बढी महिलाहरुमा औषधिको सेवनपछि धेरै रगत बग्ने गर्छ। शरीरमा रगतको कमि भई रक्तअल्पताजस्ता रोगहरु लाग्न सक्छ।
४. पखाला लाग्ने
औषधिको प्रयोगले पखाला लाग्ने तथा पेटमा दुखाइ हुनेगर्छ।