काठमाडौं– अहिले दैनिक खानपानमा तयारी खाद्यपर्दाथको प्रयोग बढ्दो छ। जिवनशैली तथा कार्यव्यस्तताको कारण यस्ता खाद्यपर्दाथले सहरी जिवनमा बढि प्रभाव पारेको छ। यस्ता खाद्यपर्दाथ बालबालिका तथा युवा वर्गमा बढि लोकप्रिय रहेको छ।
यी खाद्यपर्दाथ बनाउँदा बढि तापको प्रयोग, हावामा खुल्ला राख्ने र बढि प्रशोधित गरेको हुन्छ। जसका कारण यसमा भएका पोष्टिक तत्व, भिटामिन र खनिज पदार्थ नष्ट हुने गर्दछ। यसमा शरीरको लागी आवश्यक पर्ने भिटामिन, खनिज पर्दाथ, तथा फाइबरको परिमाण नगन्य मात्रामा हुन्छ।
यस्ता खानेकुरा हप्तामा दुइपटक मात्रा समाबेश गर्दा पनि स्वास्थ्यमा १० पाउन्ड तौल बढ्ने एक अध्ययनले देखाएको छ। यस्ता खाद्यपर्दाथको सेवनले शरीरमा बढि खराब कालेस्टोर चिल्लो तथा कोलेस्टोर रक्तनलिमा जम्मा भई मुटुसम्बन्धि समस्या निम्त्याउँन सक्छ। साथै यि तत्वहरुले कलेजोलाई बाधा पुर्याउछ।
चिल्लोको मात्रा बढि र फाइबरको मात्रा कमीले पाचनक्रियामा बाधा पुग्न सक्छ, साथै कब्जियत पनि हुन्छ। ठुलो आन्द्रा मिर्गौला तथा खानाको नलि जस्ता अंगमा क्यान्सरको सम्भावना हुन्छ। साथै अत्याधिक तौल बढ्नाले मधुमेह, उच्च रक्तचाप र स्टोक जस्ता अनेक समस्या निम्त्याउन सक्छ।