काठमाडौं– सुन्दर अनि जवान देखिन कस्को चाहा हुन्न र, यही चाहनामा मानिसहरु आफ्नो भित्री शरीरको ख्याल त राख्छन नै। यसका साथै छालालाई सफा सुग्घर र दागरहित राख्नको लागि कुनै उपाय अपनाउन पनि छोड्दैनन्।
पुदिना– बास्नादार पुदिनाले अनुहारको कालो कोठीको समस्याबाट मुक्ति दिन्छ भने, पुदिनाको पेस्टमा चंदनको धुलो र मुल्तानी माटो मिलाई अनुहारमा लगाएर सुकेपछि धुनुहोस्, यसको नियमित प्रयोगले डण्डीफोर र कालोकोटीहरुको समस्या बाट मुक्ति दिलाउँछ।
काँक्रा– काँक्राले नेचुरल क्लीन्ज्रको काम गर्छ। यसले तैलीय स्किन हुनेहरुको लागि धेरै लाभदायक हुन्छ। काँक्राको रसमा चन्दन पाउडर मिलाई पेस्ट बनाएर यसलाई अनुहारमा लगाउनुहोस् र केही समय पछि धुनुहोस्, यसको नियमित प्रयोगले अनुहार फ्रेथलेस हुन्छ। यसका साथै काँक्राको रसमा गुलाबजल र कागतीको रस मिलाएर अनुहारमा लगाउँदा अनुहारको छाला पनि चम्किलो बनाउँदछ।
टमाटर– टमाटरको रसमा कागतीको रस मिलाई लगाउदा स्कीन प्वालहरुको समस्या हटाउँछ। तैलीय स्कनिका लागि टमाटरलाई आधा काटेर अनुहारमा रगड्नुहोस। केही समय पछि अनुहार सफा पानीले धुँदा बढि भएको तैलीयपना हटाउँछ।
मूला– सलादको शान मानिने मूला तपाइको ओइलिएको अनुहारलाई प्राण दिन्छ भने, मूलाको रसमा नौनी मिलाई नियमित अनुहारमा लगाउनाले सुख्खापन तथा जलन पनि ठिक हुन्छ। मूलाको रसले अनुहारको ब्ल्याकहेड्स बाट मुक्त गराउँछ।
आलु– आलुको पातलो पिस आँखामा राख्दा थाकेको आँखा लाई आराम मिल्छ। काचो आलुको रसले आँखाको बाक्लो कालोपनालाई हटाउँछ भने, आलु उमाली सके पछि बचेको पानी नफ्याक्नुस, यसमा केही बेर हात डुबाएर राख्नुहोस र सफा पानीले धोएमा तपाईको हात सफा अनि कोमल पनि हुन्छ।
यस्ता सागपात शरीरको लागि धेरै फाईदाजनक हुन्छ। त्यसैले यिनीहरुलाई बाहिरी छालामा लगाउदा सुन्दरतामा अझै निखार ल्याउछ। त्यसकारण तपाई पनि यसलाई आफ्नो छालामा प्रयोग गर्ने प्रयास अवश्य गर्नुहोस्।