काठमाडौं– प्रायः मानिसलाई वाक्सिङ अथवा रौं निकाल्ने क्रिमले पटक–पटक रौं निकाल्दा दिग्दारी लाग्छ। त्यसैले स्थायी रुपमै रौं हटाउने ‘लेजर हेयर रिमोभल’ नामको प्रविधि अहिले उपलब्ध छ। यसलाई विश्वभर नै रुचाइएको पनि छ।
रौं निकाल्नको लागि विभिन्न प्रकारको लेजरमा पनि अहिले विश्वस्तरको विश्वासनीय ‘डिओड ट्रिपल वोइभलेन्थ लेजर’ नेपालमा उपलब्ध भएको छ। यसबाट सबै प्रकारको छाला (कालो, गोरो, गहुँगोरो) मा भएको रौं उत्तिकै प्रभावकारी तरिकाले पूर्ण सुरक्षित रुपमा निकालिन्छ।
शरीरको विभिन्न भागमा रौं र छालाको किसिम पनि फरक–फरक हुनाले त्यहीअनुसार लेजरको पारामिटर सेट गर्नुपर्ने हुन्छ। यस बिषयमा तालिम प्राप्त चिकित्सकसँग लेजर गराएमा यसको परिणाम अझ प्रभावकारी हुन्छ। ‘लेजर हेयर रिमुभल ट्रिटमेन्ट’ ले कम ऊर्जाको प्रयोग गरी रौं पलाउने जरालाई सधैंका लागि निष्क्रिय बनाइन्छ।
एकपटक ‘लेजर ट्रिटमेन्ट’ गरेर सबै जरा निष्क्रिय नहुने भएकाले रौं र छालाको किसिम अनुसार २–६ चरण सम्मको उपचार आवश्यक पर्दछ। यसरी निष्क्रिय भएका जराबाट पुनः रौं पलाउने सम्भावना अत्यन्तै न्यून भएर जान्छ। यसैले यो प्रविधिले आफ्नो निसानाबाहेक वरिपरिको संरचनालाई कुनै पनि असर गर्दैन भने लेजर उपचारले अन्य नकारात्मक प्रभाव पनि पर्दैन।