काठमाडौं– स्वस्थ्य, निरोगी, दीर्घजीवि कसरी हुने? यसको सबैभन्दा सरल र प्राकृतिक विधि योग नै हो। हामी न उपचार गरेर निरोगी हुन्छौं, न औषधी सेवन गरेर नै, यद्यपी स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्छ।
जसले हामीलाई निरोगी, जवान, उर्जावान् बनाउँनमा मद्दत गर्दछ। योगको शाव्दिक अर्थ जोड हो। आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ। तर, अहिले योगको परिभाषा बदलिएको छ। अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताइरहेको छ। मनसँग शरीरको जोड भनौं, वा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ।
योगः एक जीवन पद्दति
योग भन्नाले, रोगी व्यक्तिहरुका लागि चिकित्सा पद्दति हो। योगको माध्यमबाट रोगी व्यक्तिले आफुलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन्। यस अर्थमा योग सबैका लागि हो, योगलाई उपयोग गरेर सबैका लागि उपयोगी तथा सहयोगी बन्न सक्ने भएकाले पनि योग आवश्यक हुन्छ। योगमा जम्मा ८ आसन हुन्छ, त्यसमा याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि, त्याग आदि पर्दछ। योगा त्यसमध्येको एउटा आसन हो।
योग शरीरकाे अक्सिजन
बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिसहरु विभिन्न रोगबाट ग्रसित छन्। योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्दछ भने, योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ। यसले शरीरमा पुरा व्यायामको काम गर्छ।
जहाँ जहाँ व्यायाम हुन्छ, त्यहाँ रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढ्छ। जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सवै अवयवहरु स्वस्थ्य हुन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाए सगै यसले रोगको समेत निदान हुन्छ। अहिले योग गर्नेमा धेरैजसो रोगीहरु छन्।
उच्च रक्तचाप, मधुमेह, ढाडका रोगी तथा ग्याष्टिकका विरामीहरु बढी योगतर्फ आकषिर्त भएका छन्। तर जो कसैले योग गर्दा सुरुमा प्रशिक्षकसित सिकेर मात्र योग गर्न आवश्यक छ। योग गर्दा रोग र आफ्नो शारीरीक अवस्थामा ध्यान दिन जरुरी छ।