काठमाडौं– नङ टोक्ने बानी सामान्य लाग्न सक्छ। तर, यसले स्वास्थ्यमा निकै नराम्रो असर र्पुयाउँछ। कतिपयको बानी हुन्छ, नङ टोक्ने। नङ टोक्नु भनेको तनावग्रस्त हुनुको संकेत हो।
१. फोहोर नङ चपाउनाले किटाणुहरू शरिरभित्र पस्न सक्ने
नङमा साल्मोनेला र ईकोलाई जस्ता रोगहरु उत्पन्न गर्ने ब्याक्टेरियाहरु हुन्छन्। दाँतले नङ टोक्नु हुन्छ, ब्याक्टेरिया सजिलै मुख भित्र प्रवेश गर्छ। विभिन्न सर्वेक्षणहरुका अनुसार हाम्रो नङ हाम्रो औंलाको टुप्पो भन्दा दुई गुणा वढि फोहोर हुन्छ। नङ चपाउन हाम्रो लागि अति नै हानीकारक हुन सक्छ।
२. स्किन इन्फेक्सन
नङ टोक्नाले पेरोनिसियाबाट पीडित हुने पनि खतरा हुन्छ। यो स्किन इन्फेक्सन हो, जुन नङको वरपरको छालामा हुन्छ।
३. दाँतलाई हानी
नङबाट निस्कने फोहोरले दाँतलाई कमजोर बनाउन थाल्छ। नङ टोक्ने मानिसहरुलाई धेरै तनाव हुन्छ। व्यक्तिमा नङ टोक्ने बानी छ, त्यो व्यक्तिलाई तनाव छ भन्ने संकेत प्राप्त हुन्छ।
४. छालामा घाउ
नङ टोक्ने मानिसहरु डर्मेटोफेजिया नामक रोगको शिकार हुन सक्छन्। यो रोग लागे पछि छालामा घाउ हुन थाल्छ। घाउ बढ्दै गयो भने त्यसको इन्फेक्सनले नसामा हानी र्पुयाउँन सक्छ।
५. क्यान्सरको खतरा
नङ टोक्नाले अन्द्राको क्यान्सर हुन्छ। नङ टोक्दा नङमा समावेश ब्याक्टेरिया आन्द्रासम्म पुग्छ र क्यान्सर जस्तो घातक रोग पनि लाग्न सक्छ।