काठमाडौं– प्रायः व्यक्तिलाई मन पर्ने साग, स्वास्थ्यको हिसाबले पनि यो एकदमै लाभदायक मानिन्छ। सागहरुमा अत्याधिक मात्रामा रेशादार पदार्थ पाइन्छ। जसले गर्दा कब्जियत हुन दिँदैन। त्यसका साथै विभिन्न स्वास्थ्य समस्याबाट पनि बचाउँछ।
सागमा हुने हरियोपन वा सुर्यको किरणबाट लिने क्लोरोफिलले शरीरमा धेरैफाइदा पुर्याउँछ। धेरैजसो साग जाडो महिनामा पाइने हुदाँ चिसोमा रोगसँग लड्ने शक्ति बढोस् भनेर प्रकृतीले नै सहयोग गरेको साग, खाँदा यसले रगतको मात्रा समेत बढाउँदछ।
रायो र तोरिको साग– रायो र तोरिको सागमा पर्यात मात्रामा रेशादार पदार्थ भिटामिन समावेश भएको हुन्छ। यो साग आँखाको लागि फाइदाजनक मानिन्छ। त्यसका साथै यो साग खाँदा कब्जियत हुदैँन, बालबालिकाको लागि पनि उतिकै फाइदाजनक हुन्छ। कतिपय आमाहरुले बालबालिकाले साग नै खाँदैनन् भन्छन् त्यस्ता बालबालिकाहरुमा रोग प्रतिोधात्मक क्षमता कम हुने गर्दछ।
पालुंगो र कर्कलो– पालुंगो र कर्कलाको सागमा लौहतत्व प्रचुर मात्रामा पाइन्छ। यिनीहरुबाट विभिन्न परिकारहरु बनाएर खान पनि सकिन्छ। कर्कलो पकाउँदा चाहीँ कागती मिसाउनै पर्छ, किनभने त्यसमा भएको लौहतत्व शरीरमा राम्रोसँग मिसिन्छ।
सिस्नु– सिस्नु पहिला गरिब मानिसले खाने भनेर चिनिन्थ्यो। तर खानपानको हिसाबले सिस्नु एकदमै फाइदाजनक साग हो। यसमा पर्याप्त मात्रामा आइरन क्याल्सियम पाइन्छ। खासगरी सिस्नुलाई पकाएर चामलको पिठो हालेर भ्यातल बनाएर खाइन्छ। यो स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ।
लट्टेको साग– लट्टे सागमा प्रयाप्त मात्रामा आइरन र क्याल्सियम हुन्छ। कतिपय स्थानहरुमा लट्टेको साग के खानु भन्ने गरिन्छ, तर स्वास्थ्यको हिसाबले यसलाई धेरै नै लाभदायक मानिन्छ। सागलाई सुप बनाउन सकिन्छ, यसलाई दालमा मिसाएर पनि खान सकिन्छ।
त्यसका साथै तरकारी, खाना भुट्दा, अण्डामा मिसाएर बालबालिकालाई खान दिएमा सागमा पाइने क्याल्सियम आइरन लगायत सुक्ष्म पोषण तत्वले एकदमै फाइदा गर्छ। त्यसका साथै साग खानु महिला, बृद्ध, बालबालिका भर्खरै बिरामीबाट उठेका व्यक्तिहरुका लागि धेरै राम्रो हुन्छ।
’