काठमाडौं– शरीरमा विभिन्न किसिमका दुखाइहरु हुँदा अधिकांशले पेनकिलर औषधीको प्रयोग गर्ने गर्छन्। जान्नुहोस् कि, त्यस्ता पेनकिलर औषधीहरूले तपाईको दुखाइ त कम गर्छ, साथसाथै त्यसले तपाईको कलेजोलाई सबैभन्दा बढि असर पनि गर्दछ।
त्यसकारण पेनकिलर औषधीको अत्याधिक सेवन गर्नुभन्दा, स्वस्थवर्द्धक र प्राकृतिक खानेकुराहरु खाने गर्नुहोस् तपाईको दुखेको शरीरलाई बिना असर निकाे पार्नेछ। जस्तैः
लसून– शताब्दीऔँ देखि नै लसूनलाई आयुर्वेदिक औषधी मानिँदै आएको छ। फेरि यसले पेनकिलरको काम गर्ने कुरा पनि अनुसन्धानबाट पत्ता लागेको छ। छालामा आएको खटिरामा लसून पिसेर लगाउँदा राहत मिल्दछ भने थोरै तेलमा लसूनलाई फ्राइ गरेर दुखेको हाडजोर्नीमा लगाउँदा पनि धेरै आराम मिल्दछ।
अदुवा– आयुर्वेदका अनुसार, दैनिक खानामा अदुवा मिसाएर खाँदा यसले मांशपेसी तथा जोर्नी दुख्ने समस्यामा कम गर्दछ। वैज्ञानिक अनुसन्धानबाट पनि यसले सुन्निएको अनि दुखेको ठाउँको लागि राहत पुर्याउने पत्ता लागेको छ।
अङ्गुर– ढाड दुख्ने समस्याले सताइरहेको छ भने अङ्गुर खाने बानी बसाल्नुहोस्। यसमा मेरुदण्ड र ढाडमा रक्तसञ्चार गराउने पौष्टिक तत्व पाइन्छ, जसले ढाडको दुखाइलाई कम गर्दछ।
चेरी– सानो तर गुलियो अनि मिठो यो फल, जसले हाम्रो मांशपेसीलाई मर्मत गर्छ भन्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले जिम गरेर आएपछि अथवा कुनै भारी काम गरेर आएपछि चेरी वा चेरीको जुस पिउनु सबैभन्दा उचित हुन्छ। साथै यो प्राकृतिक फलले कुनै नकारात्मक साइडइफेक्ट पनि गर्दैन।
जौ– म्याग्नेसियमले भरिएको यो जौले महिलाहरूको महिनावारीमा हुने दुखाइलाई कम गर्दछ भने, रक्तस्राव भएकोलाई पनि धेरै राहत दिन्छ। जौ मा जिङ्क पनि पाइन्छ जसले महिनावारी भएको बेलामा सङ्क्रमण हुनबाट पनि बचाउँछ।