काठमाण्डौं– सोरायसिस मानव शरीरको प्रतिरक्षा प्रणालीमा आउने एक प्रकारकाे खराबी हो जसअन्तर्गत शरीरले सामान्य भन्दा छिटो गतिमा कोषहरूको निर्माण गर्ने गर्दछ।
हाम्रो शरीरले सामान्यतया १० देखि ३० दिनसम्ममा छालाका नयाँ कोषहरू निर्माण गर्दछ। सोरायसिस भएका रोगीहरूमा नयाँ कोषहरूको निर्माण निकै चाँडो चाँडो हुने गर्दछ। हात खुट्टा, घुडाँ, कुहिना टाउकोको छाला बाक्लो भएर सेतो पाप्राहरु निस्केर जाने गर्दछ।
यसका लक्षणहरु
१. शरिरको छाला अत्यधिक चिलाउने हुन्छ।
२. छाला सुख्खा भई चिरा पर्ने गर्दछ।
३. छालाको पत्र गइरहने गर्दछ।
उपचार विधि
१. सोरायसिस रोगले छाला सुख्खा बनाइराख्ने भएकाले चिकित्सकले दिएको मलमहरु प्रयोग गर्नुपर्दछ। यसले छालालाई चिल्लो बनाइराख्न मद्धत गर्छ। साथै नरिवलको तेल प्रयोग गर्नुपर्दछ।
२. यो रोग शरीरभरी फैलिएमा मलमका साथै खाने औषधिको पनि प्रयोग गर्नुपर्छ।
३. बंशानुगत कारणले समस्या भएको छ, भने मोटोपनलाई नियन्त्रणमा नराखे रोग बढ्न सक्छ।
४. धुम्रपान र मद्यपान नियन्त्रणमा राख्ने।