काठमाडौं– हामीले खाने कतिपय अस्वस्थकर खानाबारे आफैलाई पत्तो हुन्न, जसले गर्दा हामी बिरामी पर्न जान्छौँ। मुख्यतः अस्वस्थकर खानाले हाम्राे शरिरमा असर गरिरहेकाे हुन्छ, जसबारे हामीलाइ थाहा नै हुँदैन।
हामीले खाने खाना हाम्राे पेटमा पुग्दछ। यदि पेट नै सफा भएन भने त्यसले अनेक किसिमका स्वास्थ्य समस्या निम्त्याउँछ। घरमै बसेर पेट सफा गर्ने उपायबारे यहाँ चर्चा गर्याैंः
एक पोटी लसुन र किसमिस नियमित चपाउँदा पेट सफा हुन्छ। लसुन र किसमिसले पेटमा रहेका विकार हावालाई बाहिर निकाल्ने काम गर्छ। त्यस्तै खानापछि १ सय २५ ग्राम मेथी, दुई ग्राम ज्वानो र आधा ग्राम बिरेनुन मिलाएर खानुपर्छ। यसो गर्दा पेटमा ग्यास बन्न रोकिन्छ। अदुवाको सानो टुक्रामा नुन छर्किएर खाँदा पनि पेटलाई फाइदा गर्दछ।
दिनमा दुई वा तीनपटक अदुवा र नुन प्रयोग गर्दा ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्नुका साथै समयमा भोक लाग्ने पनि हुन्छ, पेटलाई स्वस्थ राख्नका लागि दैनिक दुई ग्राम ज्वानो र आधा ग्राम नुन चपाएर खान सकिन्छ। यसले पेटको दुखाइबाट बचाउनुका साथै ग्यासको समस्यालाई पनि टाढा लैजान्छ।