काठमाडौं– क्यान्सर भएको भाग मात्र फ्यालेर स्तन पुरै बचाउनु लाई स्तन अन्कोपलास्टिक सर्जरी भनिन्छ। यसको अग्रिम रुप पनि हुन्छ , जसमा स्तन टिस्यु नै फ्यालेर नयाँ स्तन बनाउन मिल्छ र यी दुइटै लाई स्तन अन्कोपलास्टिक सर्जरी भनिन्छ।
यो सर्जरी कतिको भर पर्दो हुन्छ
स्तन फ्यालदिएर गरिने सर्जरी अथवा स्तन बचाएर गरिने सर्जरी दुवैमा क्यान्सर हुने सम्भावना बराबर नै हुन्छ।
बेफाइदाहरुः
यो सर्जरी गर्दा टुयुमर निकालेर प्ररीक्षण गरिन्छ जसलाई फ्रोजन भनिन्छ। त्यसकारण २० मिनेट लामो समय अर्को अप्रेशन गर्दा लाग्ने हुन्छ।
कुन उमेरमा बढि हुन्छ
नेपालमा ३० देखि ५० वर्षका महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइएको छ। ४० देखी ४५ वर्षका महिलाहरुमा पनि स्तन क्यान्सर देखिने गरेको छ। ४० वर्ष भन्दा कम संसार भरीमा जम्मा ५ प्रतिशत मात्र छ।
४० वर्ष पुगेपछि विकसित न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान गरएिको छ। स्तन क्यान्सरबारे महिलाहरूमा जनचेतना फैलाउने, म्यामोग्राफी सेवाको विस्तार गर्ने तथा स्वास्थ सेवालाई विकेन्द्रिकित गर्ने हो भने स्तन क्यान्सरको समयमै निदान तथा उपचार हुनेछ।
३० वर्ष भनेको क्यारियर सुरु हुने समय हो र एउटा स्तन नहुदा भौतिक उपस्थितिमा धेरै मनोवैज्ञानिक समस्याहरु हुन्छ।