एजेन्सी– चुम्बन प्रेम प्रकट गर्ने सबभन्दा राम्रो तरिका हो। चुम्बन (किस) गर्दा सम्बन्ध बलियो हुन्छ। तर कहिलेकाहीँ यसले स्वास्थ्यमा पनि हानि गर्दछ। खासमा किस गर्दा र्याल एक व्यक्तिबाट अर्को व्यक्तिमा पुग्छ जसले किसिङ रोग लगाउन सक्छ।
अर्काको जुठो खाँदा पनि यस्तो समस्या आउन सक्छ। किनकी यसले शरीरमा एपस्टीन नामक भाइरस फैलाउँछ। यो भाइरस र्याल मार्फत मानिसको शरीरमा पुग्छ। यसबाट कलेजो तथा रक्ताल्पताको समस्या पनि आउन सक्छ।
किसिङ रोगका लक्षण
यस्तो रोग लागेमा थकान र कमजोरीको अनुभव, लगातार ज्वरो आउने, टाउको दुख्ने, गलामा पीडा आदि हुन्छ। त्यसैले यसबाट बच्नका लागि अर्काको जुठो नखानुस्, अनि किस गर्दा मुख सफा राख्नुस् र बच्चाहरूलाई किस नगर्नुस्, किनकि उनीहरूमा छिट्टै संक्रमण हुन्छ।