काठमाडौँ– लुपस बाथ एक प्रकारको अटोइम्युमन रोग अर्थात् शरीरको प्रतिरोधक क्षमतामा गडबडी हुने रोग हो। शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको स्वस्थ कोषलाई असर गर्न थाल्छ, त्यतिबेला लुपस हुन थाल्छ। यो रोग १६ देखि ४५ को महिलाहरुमा बढि देखिन्छ। लुपस सानो बच्चा देखि बृद्धा सम्म सबैलाई लाग्न सक्छ।
यसका लक्षणहरुः
१. हात जोर्नी दुख्ने।
२. छालामा दाग आउने,चिलाउने,
३. मुख भित्र घाउ आउने
४. जोरो आउने।
५. केश झर्ने।
६. फोक्सोमा पानि जम्ने
७. मुटुमा पानि जम्ने
८. छारे रोग लाग्ने
उपचार विधि
यस रोगमा प्रायः हाइड्रो अक्सिक्लोरिम वा क्लोरोक्विन नामक औषधि प्रयोग गरिन्छ। लुपसका बिरामी जसको मुटु, कलेजो, मिर्गौला र नसाहरूमा असर गरेमा ग्लुकोकोटिक्सओइड्स र इम्युनसपे्ररिभ औषधि रितुक्जिम्याब औषधि दिइन्छ।
कस्तो खाना खाने
शरीरलाई स्वस्थ राख्न सन्तुलित भोजन आवश्यक हुन्छ। चिल्लो कम भएको खाने कुरा, फलफूल, हरियो सागपात, तरकारी, रङ नहालिएको खैरो चामल र थौरै मात्रामा माछा–मासु खानुपर्छ। बिरामीले कम बोसो, चिल्लो भएको खाना खाने र क्याल्सियम र भिटामिन डी स्टोरोइड औषधि खानुपर्छ।
बिरामीले ध्यान दिनुपर्ने कुराहरू
१. बिरामीले घामको किरणबाट बच्नुपर्छ। यसका लागि छाता, लोसन वा घामबाट बच्ने क्रिम लगाउने, लामो बाहुला भएको कपडा वा घाम छेक्ने गरी लगाउने।
२. निमोनिया र फ्लु भ्याक्सिन लगाउनुपर्छ।
३. नियमित व्यायाम गर्नुपर्छ।
४. एन्टिफोसफोलिपिड नामक प्रोटिनको मात्रा बढी भए गर्भपतन हुने जोखिम बढ्छ। लुपस रोग नियन्त्रणमा आएको ६ महिनापछि मात्र गर्भवती हुने सल्लाह दिइन्छ। गर्भवती अवस्थामा पनि नियमित जाँच गराइराख्नु पर्छ र औषधि पनि नियमित रुपमा सेवन गर्नुपर्छ।