एजेन्सी– कलेजो हाम्रो शरीरका लागि निकै महत्वपूर्ण अंग हो। त्यसैले यसको स्वास्थ्यबारे हामी सचेत हुनु जरुरी हुन्छ। तल दिइएका त्यस्ता केही लक्षणहरु देखिएमा कलेजोबारे समयमै सचेत हुनु आवश्यक हुन्छ।
छालामा विमिरा– छालामा स–साना फोका देखिएका छन् भने त्यसको कारक हुनसक्छ ओइस्ट्रोजेन हर्मोन। कलेजोले राम्रोसँग काम गरिरहेको छैन र हाम्रो मेटाबोलिजम कमजोर भएको छ भने यस्तो हुनसक्छ।
चिलाइरहने छाला– हाम्रो छाला अत्यधिक चिलायो भने हामीले बुझ्नु पर्छ, कलेजोमा समस्या भएको हुनसक्छ। किनकि हाम्रो रगतमा कलेजो बिग्रिएर बाइल जम्मा भएमा हामीलाई अत्यधिक चिलाउँछ।
रातो डोब देखिनु– हाम्रो छालामा कहिलेकाँही देखिएको त हो भने राता डोबहरुलाई हामी बेवास्ता गर्न सक्छौँ, तर कुनै चोट नलागी छालाबाट रगत बगेको छ भने वा राता दागहरु अत्यधिक देखिएका छन् भने हाम्रो कलेजोले राम्रोसँग काम गरेको छैन भन्ने हामीले बुझ्नु पर्छ।
नमीठो सास– कहिलेकाहीँ हामीले के खाएका छौँ भन्ने कुराले पनि हाम्रो सास कस्तो छ भन्ने निर्धारण हुन्छ, तर लामो समय नराम्रो सास आउनुको कारण चाहिँ कलेजोले राम्रोसँग काम नगर्नु हो। कलेजो यसरी बिग्रनुलाई मेडिकल भाषामा फेटर हेपाटिकस पनि भनिन्छ।
अत्यधिक रातो हत्केला– हाम्रो रगतमा हर्मोनको स्तर मिलेन भने हाम्रो हत्केला अत्यन्त रातो देखिन सक्छ, रगत नै चुहिन लागेको जस्तो। यो पनि हाम्रो कलेजो अस्वस्थ भएको हुनसक्ने लक्षण हो।