काठमाडौं – स्वास्थ्य सामान्य अवस्थामा छ कि छैन भनेर गरिने विभिन्न स्वास्थ्य परीक्षण नै ‘होलबडी’ चेकअप हाे। यसमा बिरामीको आग्रह र चिकित्सकको सल्लाहअनुसार परीक्षण गरिन्छ।
१.किन गर्ने हाेलबडी चेकअप ?
हाम्रो समाजमा दिर्घकालिन रोगहरु बढ्दै छ जस्तै मधुमेह, रक्तचाप, हृदयघात,स्ट्रोक आदि। स्वास्थ्य परिक्षण गर्दा हृदयघात कति बेला हुन्छ थाहा पाउन सकिदैन तर हृदयघात हुने सम्भावना कति छ भन्न सकिन्छ। रोग लाग्ने वा त्यसको जोखिम भविष्यमा के कति छ भनेर स्वास्थ्य परीक्षणद्धारा थाहा पाउँन सकिन्छ।
२. कस्ता व्यक्तिहरुले होलबडी चेकअप गर्ने जरुरी ?
१६ देखि २५ वर्षको उमेर समुहलाई बालबालिका र जेष्ठ नागरीक जसरी छिटै रोगहरुले समाउँदैन त्यति बेला जिवनशैली सम्बन्धि सन्देश दिन्छौँ। वंशाणुगत रोगहरु छ भने जाँच गराउनु पर्छ। बालबालिकाहरुमा स्वास्थ्य परिक्षण गराउनु जरुरी हुन्छ र ५० वर्ष कटेका व्यक्तिहरुले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउनु पर्छ।
३. महिलाले होलबडी चेकअप गराउँदा कुन–कुन जाचँ समाबेश गर्नुपर्छ ?
महिलामा मूख्यगरि प्रजनन स्वास्थ्य स्थिति कस्तो छ भनेर जाचँ गरिने गरिन्छ। पुरुषको तुलनामा महिलामा बढि स्वास्थ्य समस्या हुने गर्छ। महिलाहरुको होलबडी जाचँ गर्दा प्रजनन मात्र नभएर क्यान्सर ,एच.पि.भि,डिम्बग्रन्थिको क्यान्सर, गर्भाशयको क्यान्सर,महिनावारीको समस्या महिनावारी सुकेपछिको समस्याहरुलाई होलबडी जाचँ गर्दा समावेश गर्नुपर्छ।
४. शरिरको परिक्षण गर्दा सम्पूर्ण जाचँ गरिन्छ त ?
स्वास्थ्य परिक्षण गर्दा सबै आश्यकता अनुसारको जाँच गर्नु पर्छ। डाक्टरसँग पूर्वपरामर्श गरेर त्यसकै आधारमा जाँच गर्दा भविष्यमा जोखिमपूर्ण रोगहरुको निदान गर्ने उपायहरु निकाल्न सकिन्छ।
५. स्वास्थ हुनको लागि कुन कुरामा ध्यान दिनुपर्छ ?
खानेकुरामा सबैभन्दा बढि दुध, दहि, फलफुल, सागहरु खानुपर्छ। गुलियो, चिल्लो र नुन कम खानु पर्छ। हानिकारक पर्दाथ जस्तै चुरोट, रक्सीहरु खानु हुदैन । व्यायामलाई पनि उत्तिकै ध्यानमा राख्नु पर्छ।