एजेन्सी– हरेक दिन एउटा स्याउ खानुहोस्, डाक्टरलाई टाढा राख्नुस्। स्याउको अनेकौं फाइदा हुँदाहुँदै पनि कमै मात्रमा मानिसले नियमित स्याउ खाने गर्छन्। तर नियमित स्याउ खाँएमा यसबाट थुप्रै फाइदाहरु लिन सकिन्छ।
एक अध्ययनका अनुसार हरेक दिन एउटा स्याउ खाँदा स्याउमा पाइने यो तत्वले शरीरमा क्यान्सर रोग लाग्नबाट बचाउँछ। क्यान्सरबाहेक स्याउ खाँदा मुटु पनि स्वस्थ रहन्छ। स्याउले कोलेस्ट्रोल लेभल सन्तुलित राख्छ, जस्ले गर्दा नसा गाँठो पर्न र हृदयघात हुन दिँदैन।
नियमित स्याउ खाँदा शरीरमा कुनै पनि अंग सुन्निने समस्या आउँदैन। यसले शरीरमा डीएनएको लेभल सन्तुलन राख्छ। जसले रगतको क्यान्सर हुन दिँदैन, कलेजो सफा राख्नको लागि स्याउमा कालो नुन र कागतीको रस हालेर खानुपर्छ।
पाठेघरको अपरेशन गरेकाहरुले हरेक दिन स्याउ खानुपर्छ। साथै, पाठेघर काटेर फाल्नेहरुले कमजोरी, रिगंटा लाग्ने समस्याहरुबाट बच्न स्याउ खानुपर्छ। हरेक दिन स्याउ खाँदा रक्तसञ्चार नर्मल हुन्छ। रक्तचाप र मधुमेह जस्ता समस्याका लागि स्याउ खानु पर्दछ।